

बाजुरामा छाउपडी प्रथा अझै कायमै

बाजुरा । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ। रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ। महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन्। साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महीनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन्।
छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताए।स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप रहेको छ। परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण यो प्रथाले निरन्तरता पाउँदै आएको स्थानीय सीता सुनारले बताए। ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताए। कानूनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, रु तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ।
गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गरे। यदि यो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उनले आग्रह गरे।अध्यक्ष रावतले जो पीडित महिला छन् उनीहरुले गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। हाल बाजुराका नौ वटा स्थानीय तहमा रहेको तीनसय छाउगोठमध्ये २०० बढी भत्काइ सकिएको छ।
May 25, 2019 10:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

