

नियमित चुरोट सेवन गर्नुहुन्छ ? तपाईंलाई हुनसक्छ यस्तो जोखिम

काठमाडौं, ११ जेठ । नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।
देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए ।
एक्सन नेपालका डा. देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए । अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो । चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा. प्रसाईंले जानकारी दिए ।
May 25, 2019 11:24 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

