धर्मपुत्र बनेर विदेशीएका युनस- आफ्नो बंश खोज्दै ४० बर्षपछि नेपालमा
काठमाडौं । आफ्नो बश, पुर्खाको महत्व कति हुन्छ त्यो सायद सुर्वण क्षेत्री वा स्वीड्स नाम युनस इक्यारेवनले बुझेका छन् । सन १९७९ मा नेपालबाट स्वीड्स नागरिक जेनअल्फ इक्यारेवनको धर्मपुत्रका रुपमा स्वीडेन पुगेका सुर्वण क्षेत्री त्यहाँ पुगेपछि युनस इक्यारेवन बने । नेपाल छोडेको ४० बर्षपछि उनलाई आँफू जन्मिएको परिवारसँग भेट्ने इच्छा भएपछि करिब २ महिनादेखि आफ्नो वंशको खोजीमा नेपालमा भौतारीरहेका छन् ।
उनलाई नेपाल सरकारले स्वीड्स नागरिकको जिम्मा लगाउने बेला ४ बर्षका भएको उल्लेख छ । साथै उनको ठेगाना बारा निजगढ उल्लेख गरिएको छ, भने उनलाई काठमाडौं नक्सालमा रहेको बालमन्दिरबाट धर्म पुत्रका रुपमा अपनाएको कागजी लिखतहरु छन् ।यिनै कागजी लिखत बोकेर उनी बारा निजगढसम्म पुगे । निजगढबाट वि.सं. २०३५ को समयमा गोविन्द लामिछाने र शंकर लामिछाने हराएको पत्तो पाए । तर गोविन्द लामिछाने केही समयपछि घर फर्किएपनि शंकर लामिछानेलाई भने एक विदेशीले धर्म पुत्रकारुपमा लगेका रहेछन् ।
अहिले गोविन्द लामिछानेको निधन भैसकेको रहेछ । तर शंकर लामिछानेको अत्तोपत्तो छैन । खोज्दै जाँदा गोविन्द र शंकर लामिछानेका दाजुभाई सन्तान भने भेटाएका छन् । जस मध्ये एक हुन देवराज लामिछाने । देवराजका अनुसार सुर्वण क्षेत्री र देवराजका काका हराउँदा केही कुराहरु मेल खान्छन् ।
गोविन्द लामिछानले विद्यालयमा नाम क्षेत्री लेखाएको बताएका थिए । अहिले सुवर्ण क्षेत्री आएका छन् । हराएका मध्ये गोविन्द घर फर्किएपनि शंकर फर्किएका छैन । कतै सुवर्ण क्षेत्री नै शंकर त होइनन् भन्ने लामिछाने परिवारमा पनि भएको छ । तर सुवर्ण क्षेत्रीलाई बाल्यकालका केही कुरा याद नहुनु, गाँउका अन्य जेष्ठ व्यक्तिले पनि उनलाई ठम्याउन नसक्नु लगाएतका कुराले दोधारमा पारेका छ ।
देवराज लामिछाने अहिले सुवर्णसँग भएका कागजपत्र बोकेर विभिन्न निकायमा कुदिरहेका छन् । सुर्वण समेत अन्य २ सहयोगीसहित कहिले बालमन्दिर त कहिले सिंहदरबार कुदिरहेका छन् । ४ बर्षको उमेरमा नेपाल छोड्दा विमानस्थलमा एक्लै भएजस्तो, आत्तिएको मधुरो सम्झना छ, उनलाई । तर ४० बर्षको अवधिमा उनिसँग सबै कुरा परिवर्तन भएपछि आफ्नो परिवार भेटाउन मुस्किल परेको छ ।
May 25, 2019 5:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै