यो समयका यी फलफूल खाने जाने बन्नेछन् अमृतबुटी
काठमाडौ । अहिले गर्मी मौसम हो । यो मौसम सुरु भएसंगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ ।
१, आँप : आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।
२, खरबुजा : गर्मी मौसममा पाइने फल खरबुजा हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।
३, लिची : गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । यो बिशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।
४, अंगूर : अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।
५, काँक्रा : काँक्रमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ र शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । सबैका लागि यो लाभदायी सन्देस सक्दो सेयर गरिदिनुहोला ।
May 25, 2019 6:14 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड