Monday 25th November 2024

मदन आश्रित स्मृति दिवसका साथै क्षेत्रीय भेला सम्पन्न

6 years अगाडी

राजु खनाल

साउदि अरब – प्रबासी नेपाली एकता मंच, साउदी अरबले  एक कार्यक्रमको आयोजना गरी २६ औ मदन आश्रित स्मृति दिवस साउदी अरबको अल हासामा  मनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष प्रबासी नेपाली मंचले विभिन्न कार्यक्रम गर्दै मनाउदै आएकोमा यस पाली प्रबासी नेपाली मंच र नेपाली जन प्रगतिशील मंच  एकीकरण भई बनेको प्रबासी नेपाली एकता मंचले  मनाएको हो ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सोही  दिनको सम्झनामा यो  दिवस मनाइएको हो।
मंचका संयोजक शिबराज जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य यम लामाले दिएका थिए भने संचालन सचिब राजु खानालले गरेका थिए ।
कार्यक्रममा तत्कालिन प्रबासी नेपाली एकता मंच र नेपाली जनप्रगतिशील मंचका अध्यक्षहरु  क्रमशः बलराम गिरी र कमल शाही “निर्मल” ले मदन आश्रित दिवस मनाउनुको कारण र यसले नेपाली राजनितीमा राख्ने महत्वको बारेमा प्रष्ट पारेका थिए  । उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्र्दभिक रहेको बताउँदै उनी जस्तो नेता देशलाई खाँचो भएको बताएका थिए  ।

भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि पार्टीको महासचिव बनेका थिए ।
विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुगेका थिए ।
डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।

क्षेत्रीय कमिटी गठन
प्रबासी नेपाली एकता मंचले सोही कार्यक्रममा गोविन्द वलीको संयोजकत्वमा अलहासा क्षेत्रीय कमिटी गठन गरेको छ । जसको सचिबमा  प्रकाश रोका सह सचिव युवराज खड्का र  कोषाध्यक्षमा  पदम कार्की  रहेका छन ।  यसैगरी  सदस्यहरुमा सुदर्शन बराल, पुर्ण गुरुङ ,प्रेम लिम्बू ,योगराज रावत, सोम नेपाली, सुक बहादुर रोका मगर, निर्छा राना, महेन्द्र घर्ती , प्रबिन परियार, ललित लिम्बू , सुबिन लिम्बू , प्रकाश केसी, भिम लिम्बू , राजन लामा, निमा लामा, बिशाल दराई, रुपेश भाजी, राम बहादुर मगर, अनिल चौधरी , किरण चौधरी , भल कुमार लिम्बू , रामचन्द्र घिमिरे र अार्यन चौधरी रहेका छन ।
नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई संयोजक शिबराज जैसीले बधाई एबम शुभकामना दिदै खादा ओडाएर सम्मान गरेका थिए ।

          May 25, 2019 7:03 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...