स्तन क्यान्सर हुनबाट बच्न सुन्तला खाऔं, यस्ता छन् यसका अन्य फाइदाहरू
धेरै जसो जाडो महिनामा पाइने फलफूलमध्ये एक हो, सुन्तला । चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको मजा नै बेग्लै हुन्छ । यतिकै खाँदा होस् अथवा जुस बनाएर, यसमा विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले भरिएको हुन्छ जुन हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी मान्न सकिन्छ ।
यसको सेवनले गर्दा भिटामिन सी शरीरमा चाँडै घुल्ने हुँदा यसले सेतो रक्त कोषिका तथा रातो रक्त कोषिका बढाएर उच्च रक्तचाप हटाउन मद्दत गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ । सुन्तलामा भएको बेटा केराटिन नामक प्रोटिन र एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ ।
यसले छाला चम्किलो बनाएर चाउरिनबाट जोगाउँछ । यसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्नुका साथै यसमा पाइने प्रशस्त फाइबरले पनि कोलोन क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ ।
सुन्तलामा पाइने भिटामिन ’ए’ ले आँखाको उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ । सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ । शरीरको सम्पूर्ण भागमा अक्सिजन प्रदान गरेर मुटुलाई स्वस्थ र सहज ढंगले काम गर्न सहयोग र्पुयाउँछ ।
यसले हाम्रो पाचन प्रणाली स्वस्थ राखेर कब्जियत हुन बाट जोगाउछ । सुन्तलाको नियमित सेवनले मूत्रप्रणाली राम्ररी सञ्चालन गरि मिर्गौलामा पत्थरी बनाउन दिदैन । सुन्तलाको बोक्रालाई घाममा राम्ररी सुकाएर, पिसेर बनेको धुलोलाई प्राकृतिक स्क्रबको रुपमा प्रयोग गर्न सकिन्छ ।
May 26, 2019 11:58 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय