पेरुमा ८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
7 years अगाडी
Susma Dhakal
काठमाडौं । उत्तरी पेरुमा ८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार आइतबार पकाउवा सामिरिया नेशनल रिजर्भ पार्कलाई केन्द्र विन्दु बनाएर सो गएको हो ।
उक्त भूकम्प उत्तरी पेरुको सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बाबाट १८० किलोमिटर तटीय क्षेत्रमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्प करिब १०५ मिलोमिटर गहिराईमा रहेको र यसको सतही मापन ७.५ म्याग्नीच्युड रहेको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पको केन्द्रविन्दुबाट करिब १५० माइल टाढाको क्षेत्रसम्म ठूलो धक्का दिएको भूकम्पले के कति क्षति पुगेको छ भन्नेबारे भने केही सार्वजनिक गरिएको छैन ।
भूकम्पको धक्का पेरुसहित ब्राजिल, कोलम्बिया तथा इक्वाडोरमा समेत महशुस गरिएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...