Friday 13th March 2026

कतारमा रहेका नेपालीलाई सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न दूतावासको अनुरोध

7 years अगाडी

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले नेपालीलाई स्थानीय कानुन विपरित सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न आग्रह गरेको छ । नेपालीले सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने गरेको भन्दै दूतावासले विज्ञप्ति नै निकालेर सचेत गराएको हो ।

‘केही नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा असामाजिक रुपले प्रस्तुत भएका घट्नाप्रति दूतावासको ध्यानाकर्षण भएको छ’, दूतावासले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्तो कार्य गर्दा सजायको भागिदार हुनुपर्ने र यसले अन्य समुदायमा बीचमा  नेपाली समुदायको छविमा नकारत्मक सन्देश जान्छ, त्यसैले यस्तो कार्य नर्गन र नगराउनुहुन सबै नेपाली समुदाय समक्ष अनुरोध छ ।’

साथै दूतावासल कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरित कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि दूतावासले नेपालीलाई आनुरोध गरेको छ ।

सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले नेपालीलाई सचेत गराएको छ । यस्तै बन्द हडताल, ठगी, चोरी तथा महिलामाथि दुव्यवहार नगर्न पनि भनिएको छ ।

रमादान लगायत निषेधित समयमा कुनै पनि खानेकुरा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । कतारको कानुनले बर्जित गरेका कुरा विज्ञप्तिमै उल्लेख गर्दै दूतावासले त्यस्ता काम नगर्न भनेको हो ।

          May 27, 2019 6:32 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...