यस्तो छ विश्वकै महंगो मः मः, मूल्य ५७ हजार
काठमाडौं । एउटा मः मः ले महंगो मूल्यको रेकर्ड राखेको छ ।जर्मन कम्पनी युम्बौको उत्पादन मः मः ले विश्वकै सबैभन्दा महंगो मः मः का रुपमा आफूलाई गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएको छ ।
चीनका होङ्गमेई झाङ र जर्मनीका केभिन ब्रुकले संचालन गरेको कम्पनीको मः मः विश्वकै सबैभन्दा महंगो मः मः हो । निलो रंगको ममको मुल्य ४६०.३२ युरो अर्थात् ५१७.०३ डलर पर्छ । अहिलेको नेपाली रुपैयाँ करिब साढे ५७ हजार ।
किन यति महंगो ? : गिनिज वर्ल्ड रेकर्डका अनुसार उक्त मः मः विशेष कुरा राखिएको छ । त्यो विशेष कुरामध्ये सबैभन्दा विशेष हो यार्सा गुम्बा । त्यस्तै केशर, ट्रुफल (विशेष प्रकारको च्याउ), ब्लुबेरी पाउडर लगायतका कुराहरु त्यसमा राखिएका कारण सो मः मःको मूल्य विश्वमै सबैभन्दा महंगो हुन पुगेको हो । त्यतिमात्र नभई उक्त मः मः मा ब्ल्याक बोन चिकेन पनि प्रयोग गरिएको हुन्छ । यो चिकेन विशेष गरी चीनमा पाइन्छ भने यो सामान्यतया अरु चिकेनहरु भन्दा महंगो छ ।
निलो रंग किन ? : मः मः बनाउने मैदामा केही प्राकृतिक रसायनहरुबाट यसलाई निलो रंग दिइएको हुन्छ । यो चीनमा परम्परागत रुपमा ताजा वस्तुहरुको प्रयोगको चिनारी स्वरुप प्रयोग गर्ने गरिएको बिधी हो । यो भोजनलाई उच्च गुणयुक्त, स्वस्थ र सौन्दर्यका का साथै स्वादिष्ट पनि हुने भएकाले आफूहरुले त्यसरी नै उत्पादन गर्न लागेको होङ्गमेई र केभिनको भनाई छ ।
May 28, 2019 12:27 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने