Friday 13th March 2026

बिहानै माओवादी आक्रमण : १६ सैनिक घाइते, ७ जनाको अवस्था चिन्ताजनक !

7 years अगाडी

काठमाडौं । केही दिनदेखी नेपालमा विप्लव समुहले आतंक मच्चाइरहेको छ । नेपाल सरकारले वार्ताको लागि आह्वान गर्दै आएको भए पनि अहिलेसम्म वार्ता हुनसकेको छैन ।यो बिचमा भारतमा पनि माओवादीको आतंक जारी रहेको छ । भारतको झारखण्ड राज्यमा आज बिहानै माओवादीले गरेको आक्रमणमा १६ सैनिक घाइते भएका छन् ।

झारखन्डको सरायकेला खरसावांमा माओवादीले आईईडी बम विष्फोट गराएको हो । माओवादीले गरेको आक्रमणमा प्रहरी र २०९ कोबराका १६ जवान घाइते भएका हुन् ।यस विष्फोटमा ७ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । बम विष्फोटपछि माओवादी लडाकुले गोली चलाएको जनाइएको छ ।

जानकारी अनुसार राय सिन्दरी पहाड़ नजिकै माओवादीले विष्फोट गरेका हुन् । घाइते सबैको राँची अस्पतालमा उपचार भइरहेको छ । सेनाको हेलिकोप्टरबाट घाइते सबैलाई अस्पताल पुर्याइएको हो ।

अधिकारीहरुले दिएको जानकारी अनुसार सीआरपीएफको विशेष टीम कोबरा र झारखन्ड जगुआरका जवान आज विहानै लंग रेञ्ज पेट्रोलिङ (एलआरपी) बाट आइरहेका थिए । यो बिचमा माओवादीले आक्रमण गरेको जनाइएको छ । अहिले उक्त क्षेत्रमा ठुलो संख्यामा सैनिक तैनाथ गरिएको छ । यो राज्यमा लामो समय देखि माओवादीले विद्रोह गर्दै आएको छ ।

          May 28, 2019 1:21 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...