अभ्यास खेलमा भारतको जित, बंगलादेश ९५ रनले पराजित
बंगलादेशविरुद्धको वार्मअप म्याचमा भारतले ९५ रनको जित हात पारेको छ । कार्डिफमा भएको खेलमा टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै ३५९ रन बनाएको थियो ।
भारतका लागि महेन्द्र सिंह धोनी र केएल राहुलले शतकीय योगदान दिए । चौथो विकेटका लागि राहुल र धोनीले १६४ रनको साझेदारी गरेका थिए । ब्यक्तिगत तर्फ केएल राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रन बनाए । धोनीले अझ आक्रामक ब्याटिङ गरे । उनले ७८ बलमा ८ चौका र सात छक्का प्रहार गर्दै ११३ रन बनाएका थिए । विराट कोहलीले पनि ४७ रन बनाए । ओपनर शिखर धवन भने एक रन बनाएर पवेलियन फर्केका थिए । बलिङतर्फ रुवेल हुसेन र शकिब अल हसनले २–२ विकेट लिए ।
३६० रनको लक्ष्य पछ्याएको बंगलादेश इनिङ सकिनु भन्दा तीन बल अगावै अलआउट भयो । उसका दुई खेलाडीलेमात्र अर्धशतक पार गरे । ओपनर लिटन दासले ७३ रन बनाए भने मुस्फिकर रहिमले ९० रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । ब्लिङतर्फ कुलदिप यााादददव र युज्भेन्द् चाहलले ३–३ विकेट लिए भने जस्प्रित बुम्राहले दुई विकेट हात पारे ।
May 29, 2019 11:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप