फलामे रड बोकेको ट्रेलर र टिपर मुख्य सडक जुधेर छरपष्ट हुँदा भयानक दुर्घटना
काठमाडौ । दुई टिपर एकआपसमा ठक्कर खाँदा ठुलो दुर्घटना भएको छ । भारी मालवाहक टिपर एकआपसमा ठक्कर खाएपछि डरलाग्दो दुर्घटना भएको हो ।भारतको छत्तिसगढ राज्यको बलौदाबाजारमा कोइला बोकेर आइरहेको टिपर फलाम लोड भएको टिपरसँग ठोक्कीएको हो । प्रहरीले दिएको जानकारी अनुसार यस दुर्घटनामा एक जनाको ज्यान गएको छ । यस घटनामा २ जना गम्भीर रुपमा घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि रायपुर पठाइएको छ । बलौदाबाजारबाट फलाम लोड गरेको टिपर आएरहेको थियो । यस्तै, रायपुर देखि कोइएला लिएर अर्को टिपर आइरहेको थियो, अचानक बिचमा दुई ठोक्कीएपछि ठुलो क्षति भएको हो ।
यो दुर्घटना पलारी ठाना क्षेत्रमा भएको दैनिक भास्करले जानकारी दिएको छ । दुर्घटनाको खबर पाउँने वित्तिकै गएको प्रहरीले घाइतेहरुलाई जिल्ला अस्पताल पठायो जहाँबाट उनीहरुलाई रायपुर रेफर गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका चालकको शवलाई पोस्मार्टमको लागि पठाइएको र परिवारलाई खबर गरिएको प्रहरीले जानकारी दिएको छ ।
May 29, 2019 11:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन