Monday 9th June 2025

एकैपटक ३ युवती बेपत्ता भएपछि परिवारको हारगुहार, फेला पार्न देख्नुहुनेसम्म सेयर गरिदिनुहोला

6 years अगाडी

राजापुर । मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् ।

अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं ११ का भीमराज सापकोटाले बताउनुभयो । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीचअफ’ छ ।

नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि आफन्तीले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् ।माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् । बेपत्ता तीनै जनाको घर नजिकै छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताएक छन् । रासस

          May 29, 2019 11:55 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...