Monday 9th June 2025

५ लाख दिन्छौं भन्दाभन्दै छिमेकीले ८ वर्षीय छोराको हत्या गरेपछि बावुआमा मुर्छित !

6 years अगाडी

काठमाडौँ : गत शुक्रबार अपहरणमा परेका ८ वर्षीय बालकको हत्या भएको छ ।वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।

शुक्रबार बिहान साढे १० बजेतिर अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनका अनुसार बालकको अपहरणपछि ३० लाख रुपैंया फिरौती माग गरिएकोमा परिवारका सदस्यले सो रकम बुझाउन नसक्ने भन्दै ५ लाख दिने बताएपछि बालकको हत्या भएको हो ।बालकको हत्यामा संलग्न भएको आरोपमा साहको घरनजिकै बस्दै आएका विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकालले बताए । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि कारबाहीको प्रकृया अगाडी बढाएको छ ।

          May 29, 2019 12:27 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...