

यस्तो छ गोलभेँडा खानुको फाइदै फाइदा ! जानी राख्नुस

तरकारीलाई स्वादिलो बनाउन आजभोलि गोलभेँडाको प्रयोग अनिवार्य जस्तै भएको छ । अचार तथा सुपको लागि यो नभई हुँदैन । गोलभेँडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ ।
यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ । मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर यसको राम्रो फाइदा भनेको पकाउँदा पनि पोषक तत्व जाँदैन । गोलभेँडाकोप्रयोगले केही रोगको रोकथाम पनि गर्न सकिन्छ ।
बिहान पानी नपिइकन पाकेको गोलभेँडा खाएमा स्वास्थ्यको लागि निकै फाइदा हुनेछ । यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास गोलभेँडाको जुस पिलाउँदा बिरामीबाट आराम मिल्छ । बच्चाको मानसिक तथा शारीरिक विकासका लागि गोलभेँडा निकै फाइदाजनक हुन्छ ।
मोटोपन घटाउनका लागि पनि गोलभेँडाको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास गोलभेँडाको जुस पिउनले वजन घट्छ । गर्भावस्थामा गोलभेँडाको सेवन गर्नु लाभदायी हुन्छ । यदि पेटमा जुका वा अन्य किरा भएको खण्डमा गोलभेँडामा मरिच मिसाएर खाँदा फाइदा हुन्छ । गोलभेँडाको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।
May 29, 2019 2:27 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

