सुन्दरता बन्यो पुलिस अफिसरको दुश्मन,आफ्नै विभागले दियो चेतावनी
बर्लिन। जर्मनीकी एक महिला पुलिस अफिसरलाई आफ्नै पुलिस विभागले इन्स्टाग्राममा फोटो पोस्ट नगर्न चेतावनी दिएको छ । यहाँकी एड्रिनी कोलेसजर नामकी ती महिला पुलिस अफिसरलाई ‘मोडल पुलिस अफिसर’ भनेर चिनिन्छ ।
अहिले भने उनलाई आफ्नै विभागले सामाजिक संजालमा फोटो पोस्ट नगर्नू अन्यथा जागिरबाट निकालिने चेतावनी दिएको छ । एड्रिनी विगत २ वर्षदेखि सुन्दर फोटोका कारण इन्स्टाग्राममा सनसनी बनेकी छिन् । दुई वर्षमा उनका इन्स्टाग्राममा लाखौं फलोअर बढेका छन् ।
एड्रिनी सबैभन्दा धेरै फोटो जिममा ब्यायामपछि पोस्ट गर्छिन् । उनले आफ्नो सिक्स प्याकबाट मानिसहरुलाई धेरै प्रभावित बनाएकी छिन् । तर, पुलिस डिपार्टमेन्टलाई भने यो कुरा मन परेको छैन ।
विभागले प्रस्ट भनेको छ कि बिकिनी फोटो सामाजिक संजालमा पोस्ट नगर्नु । विभागले भनेको छ कि या त पुलिसको काम गर्नु या इन्स्टाग्राम चलाउनु दुवै काम एकै पटक हुन सक्दैन । विभागले उनको ध्यान आफ्नो काममा नभएको मानेको छ ।
May 29, 2019 6:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने