नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला हुने ।
शुक्र मोक्तान,
नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबले दोस्रो भेलाको तयारी गर्दै छ । भेला यहि आउदो जुन ६ तारीख बिहिवार दमामको सिको गार्डन् अगाडि रहेको होलिडेज होटेलमा भेला गरिने भएको हो ।
मुस्लिम समुदायको चाड इदको छुट्टीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त भेलाका संयोजक जेनकुमार लामाले जानकारी दिए । उनले साउदीको जेद्धामा यसअघि घेदुङको शाखा गठन भैसकेको बताए । साउदी अरब भौगोलिक रूपमा ठुलो रहेकाले र तामाङ समुदाय छरिएर रहेकोले आफुहरुले क्षेत्रीय समिति गठन गरि अघि बढ्न लागेको छौ, उनले भने ।
आफ्नो भाषा,लिपी,धर्म,संस्कार,शिक्षा लगायतको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले गर्न लागिएको भेलामा साउदी अरबको पुर्वी प्रान्त दमाम,जुवेल,खोबार लगायत राजधानी रियादबाट समेत सहभागीट हुने संयोजक लामाले बताए । भेलालाई ऐतिहासिक रुपमा सफल बनाउन आग्रह गर्दै लामाले तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहभागीताका लागि अनुरोध गरेका छन् ।
भेलाबाट विभिन्न बिभागहरुको संयोजक तोकिने छ ।
May 29, 2019 10:27 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने