Friday 15th August 2025

धादिङको महेश खोलामा बस दुर्घटनामा हुँदा एकको मृत्यु

6 years अगाडी

धादिङ । थाक्रे गाउँपालिका १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ।

सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ। दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए।

          May 30, 2019 10:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...