

धामीझाँक्रीको नाममा साढे २ वर्षीय बालकको हत्या

काठमाडौा । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखी भोलिपल्ट वैशाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको जनाइएको छ ।
बालकको हत्यापछि महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरूवासहितको खेतको झारीमा फालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए।बेलाबेलामा बालक समीरलाई झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । मृतक बालकका आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाइ अपहरण गरी बन्धक बनाएको थियो।
मृतकका हजुरबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्खास्त दिएका आधारमा महतोलाई हिजो आफ्नै घरमा फेला पारी कानूनबमोजिम पक्राउ गरिएको बताइएको छ। महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गञ्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
May 30, 2019 1:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

