क्लब छाड्ने हल्ला चलेपछि रामोसको प्रतिक्रिया ‘ रियलबाटै सन्यास लिन्छु ’
एजेन्सी । रियल मड्रिडका कप्तान सर्जियो रामोसले रियल मड्रिड नछाड्ने बताएका छन् । रियल मड्रिड छाड्न लागेको हल्ला चलेपछि पत्रकार सम्मेलन गरी उनले क्लबमै रहने बताएका हुन् ।
पछिल्लो समयमा रियल मड्रिडको अवस्था खस्कँदो छ । खस्कँदो प्रदर्शनका कारण कप्तान रामोसको आलोचना भइरहेको छ । आलोचना भएपछि उनले क्लब छाड्ने हल्ला चलेको थियो । तर कप्तान रामोसको चलेका हल्लाहरु निराधार भएको पत्रकार सम्मेलन गरी जानकारी दिए । ‘म यहीँबाट सन्यास लिन चाहन्छु । मेरो बारेमा धेरै अनुमान गरिएको छ ।’ उनले भने ‘ म यो क्लबमै बस्न चाहान्छु ।’
यसअघि रामोसले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्बन्ध चिसिएपछि क्लब छाड्ने हल्ला भएको थियो । रामोसले चिनियाँ क्लबबाट आफूलाई अफर आए पनि आफूले इच्छा नगरेको बताए । ‘ मलाई चीनबाट पनि अफर आएको छ । म यहींबाट करिअर पूरा गर्न चाहन्छु ।’३३ वर्षीय रामोस सन् २००५ देखि रियलबाट खेलिरहेका छन् । रियलले उनलाई सेभिल्लाबाट ल्याएको थियो ।
May 31, 2019 10:13 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप