अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाकाे हत्या गर्ने दिनेशलाई जन्मकैद
अष्टेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैद फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायणप्रसाद शर्माको एकल इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो ।दिनेशले २०७५ साल भदौ १ गते प्रमिका २३ वर्षिय शिखा घिमिरेको हत्या गरेका थिए । भदौ १ गतेबाट लागु अपराध संहिताको व्यवस्था अनुसार भट्टराईलाई जन्मकैद फैसला भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
अदालतले पीडित परिवारलाई १ लाख क्षतिपूर्ती भराउन पनि फैसला गरेको छ । दिनेशले २०७५ भदौ १ गते ग्रामथान गाउँपालिका ३ स्थित नरहको बाटोमा धारिलो हतियार प्रहार गरी शिखोको हत्या गरेका थिए । शिला अष्टेलिया जाने तयारीमा थिइन् ।
पारिवारिक सल्लाह मै उनीहरुले कानुनी रुपमा(पेपरम्यारिज) विवाह गरेका थिए । विराटनगरबाट स्कुटरमा सँगै बेलवारीकालागि निस्कीएका दिनेशले ग्रामथानमा शिखाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहार गरेको देखेपछि गाउँलेहरुले दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको थिए । जिल्ला अदालतले गत भदौ २७ गते पुर्पक्षमा राख्न आदेश दिएको थियो ।
कस्तो थियो घटना ? : शिखा र दिनेशनै डिपेन्डेन भिषामा अष्ट्रेलिया जाने तयारीमा थिए । तर, दिनेश डिप्रेसनको बिरामी भएर नियमित औषधी प्रयोग गर्थे । अष्ट्रेलियाको भिषा नआएसम्म शिखाले काठमाडौंमा बसेर एक महिना ब्युटिपार्लरको तालिम लिने पारिवारिक सल्लाह भएअनुसार भदौ २ गते काठमाडौं जाने तयारीमा जुटेकी थिइन् । त्यसको लागि दिनेशले साउन ३१ गते शिखाको काठमाडौं जाने टिकट काटिदिएका थिए ।
डिप्रेशनको सिकार उनले काठमाडांै जानु अघि बेलवारी जाने क्रममा योजनावद्ध रुपमा हत्या गरे । उनले ग्रामथान—३, सिद्राहा टोलभन्दा सय मिटर उत्तर सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको डिलमा पु¥याएर शिखाको हत्या गरेको खुलेको थियो ।
May 31, 2019 10:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत