एउटा स्याउको जत्रो तौल भएकी ‘विश्वकै सानी बालिका’ ५ महिनापछि अस्पतालबाट डिस्चार्ज
अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो । गएको वर्ष २०१८ को डिसेम्बर महिनामा बालिकाको जन्म भएको थियो । बालिका २३ हप्ता ३ तीनमै जन्मिएकी थिइन् ।
बालिका जीवितै रहने आशा निकै कम थियो । उनलाई क्यालिफोर्नियाको स्यानडिएगोमा रहेको सार्प मेरि बर्च अस्पतालमा राखिएको थियो । त्यतिबेला डाक्टरहरुले उनका आमाबाबुलाई बालिका केही समयमात्र जिवित रहन सक्ने बताएका थिए ।
५ महिनासम्मको कडा निगरानीमा उपचारपछि उनी अहिले स्वस्थ भई डिस्चार्ज गरिएको बीबीसीले उललेख गरेको छ। बालिकाकाे तौल अहिले साढे दुई किलो भएको जनाइएको छ।द टिनिएस्ट बेबी रजिस्ट्रिका अनुसार समयभन्दा पहिले नै जन्मिएकी सेबी विश्वकै सबभन्दा सानी बालिका भएको बताइएको छ ।
आयवा युनिभर्सिटीद्वारा सञ्चालित रजिस्ट्रीका अनुसार यो भन्दा पहिले सन् २०१५ मा जर्मनीका एक बालकको नाम थियो जसको ताैल २५२ ग्राम थियो ।यो वर्षको सुरुवातमा नै जापानमा एक बालकको जन्म भएको थियो, जसको तौल २६८ ग्राम थियो । समय भन्दा पहिला नै जन्मिएको सबैभन्दा सानो बालक उसैलाई मानिएको थियो ।
May 31, 2019 10:33 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग