Friday 15th August 2025

ऐतिहासिक कमलपोखरीको गुरुयोजना निर्माण

6 years अगाडी

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीको संरक्षण शुरु भएको छ। मध्यपुरथिमि नगरपालिकाले ८० लाखको लागतमा पोखरीको संरक्षण एवं पर्खाल लाउने कार्य बिहीबारबाट शुरु गरेको छ। पोखरीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गरे।

व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसला गरेपछि नगरपालिकाले संरक्षण शुरु गरेको हो।

नगरपालिकाका प्रमुख श्रेष्ठले यो पोखरीको संरक्षणका लागि नगरपालिकाले ७५ लाख बजेट विनियोजन गरेको बताउँदै भने, “यो धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने छौँ ।” नगरपालिकाले पोखरीको सिमाङ्कन सकेर वरिपरि पर्खाल लगाउने काम शुरु भएको बताउँदै पोखरीलाई आकर्षक बनाइने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए।

          May 31, 2019 11:13 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...