भ्रष्ट्राचार विरुद्ध आवाज बुलन्द गर्दै आएका ज्ञानेन्द्रमाथि बर्सियो प्रहरी, अस्पताल भर्ना
काठमाडौं । भ्रष्ट्राचार विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आउँनु भएका समाजिक अभियान्ता ज्ञानबहादुर शाही पक्राउ पर्नुभएको छ । पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३२ वर्षीय शाहीलाई पक्राउ गरेको हो ।सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पुर्याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गर्नुभएको थियो ।
सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । शाहीलाई समात्न खोज्दा अवरोध पुर्याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबलदार प्रकाश बुढा, प्रहरी जवानहरु जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर बर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ ।
बेलुका काठमाडौँ आइपुगेका ज्ञानेन्द्र शाहीको अस्पतालमा उपचार थालिएको छ । प्रहरीले दिएको यातनाले उनको ढाड, टाउको र शरीरका अन्य भागमा निल डाम रहेका छन । आफुलाई खाना पनि नखुवाई निर्मम यातना दिदै काठमाडौँ ल्याई पुर्याएको उनि बताउछन । अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार गराई रहेका साहीको समर्थनमा अस्पताल बाहिर समर्थकहरुको भिड लागेको छ ।
May 31, 2019 1:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन