आफ्नै प्रेमिकाको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गर्नेलाई भयो यस्तो सजाय
काठमाडौं । नेपाली समाजमा पछिल्ला दिनहरुमा लगातार हत्या, हिंसा बलात्कार जस्ता घटनाहरु लगातार बढ्दै गएका छन् । यो बिचमा आफ्नै प्रेमीकाको हत्या भएको छ । विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईले आफ्नी पे्रमीकाको हत्या गरेका हुन् ।उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित फलैचामा २ धारिलो हतियार प्रहार गरी सोही ठाउँकी २३ बर्षीया प्रेमिका शिखा घिमिरेको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गरेका थिए । प्रहरीका अनुसार फलैचामा बसेको बेला दिनेशले प्रेमिकाको टाउको घाँटी, पेट, शरिरमा छुरा प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्या हुदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर घेरा हाली दिनेशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि जधन्य अपराध गर्नेहरुलाई जिवनभरका लागि जन्मकैद हुन्छ ।
यो पनि पढ्नुहोस्, पर्वत विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्लाको पैयूँ गाउँपालिका ६ सरौँखोला घर भएका सुरजले खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार गरेका छन् । घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि स्याङ्जाको वालिङ अस्पतालमा पठाइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
May 31, 2019 2:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री