सुन्तलीको आक्रोशः प्रकाश कँडेलले जुत्ताको मालामा घुँडा टेकेर माफी माग्नुपर्छ
धुर्मुस सुन्तली फाउन्डेसकी कोषाध्यक्ष एवम् कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले रंगशालाको बार भत्काउने प्रकाश कँडेललाई जुत्ताको माला लगाउनुपर्ने बताउनुभएको छ । बिहीबार दिउँसो रंगशाला निरीक्षणपछि कोषाध्यक्ष घिमिरेले विभिन्न देशमा काम गरेका दाजुभाइले तरकारी खर्च कटाएर पठाएको पैसाबाट बनेको रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल र त्यसमा संलग्न स्थानीयलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताउनुभएको छ । साथै उहाँले डोजर लगाउँदा क्षति भएको सामानको क्षतिपूर्ति पनि उनीहरुले नै दिनुपर्ने स्पस्ट पार्नुभयो
प्रकाश कँडेलको पृष्ठभूमि जान्न जरुरी रहेको बताउँदै घिमिरेले सबै गाउँलेलाई उसले के नराम्रो सिकाउँदै छ भन्ने बुझन जरुरी रहेको उहाँको भनाइ छ । ‘यहाँ रंगशाला बन्ला नबन्ला,’ उहाँले भन्नुभयो, ‘रंगशाला बने पनि स्थानीयको मानसिकता बनेन भने यो रंगशाला सञ्चालनमा आउँदैन ।’प्रहरीले कँडेललाई नियन्त्रणमा लिए पनि त्यसले आफूहरुको चित्त नबुझ्ने घिमिरेले बताउनुभयो । ‘त्यो अपराधीलाई सार्वजनिक गरी जुत्ताको माला लगाउनुपर्छ,’ उहाँले थप्नुभयो, ‘विदेशबाट सहयोग गर्ने सबैसामू घुँडा टेकेर माफी माग्नुपर्छ ’
चितवनको भरतपुरमा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा बुधबार बिहान प्रकाश कँडेल र केही स्थानीयले डोजर चलाएका थिए । डोजर चल्दा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । घटनापछि धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम स्थगित गरेको छ ।
May 31, 2019 5:23 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की