

गौतमबुद्ध रंगाशालको भत्काएको बार बनाउन पुगे संसददेखि स्थानीयसम्म

चितवन । चितवनमा स्थानीयले भत्काएको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार आज विहानैबाट महानगरका मेयर, संसद र स्थानीयकै सकृय सहभागीतामा बनाउन सुरु गरिएको छ । विहानै चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार बनाउन थालेका हुन्।शुक्रबार विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको थियो ।
भत्काएको बार बनाउन चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि भेला भएका हुन् ।
गत बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएपछि रंगाशाला निर्माणको काम नै रोकिएको थियो । बार भत्काउने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीसमेत अगाडि बढाएको छ ।
बाटोको विबादको कारण बार भत्काएपछि भएको सहमतीमा रंगाशालाको डिपिआर बनेपछि सबैको सहमतीमै बाटो बनाउने उल्लेख छ । स्थानीय, विश्वविद्यालय, भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनको सहमतीमै बाटो बनाउने सहमती भएको हो । यस्तै स्थानीयले पनि धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण कार्यमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
June 1, 2019 11:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

