डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु
डाेल्पा – डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्याउँदा शनिबार बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पा भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गएकाे बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।
एक महिनाअघि मात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुई जनाले ज्यान गुमाएका थिए। गएकाे वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
June 1, 2019 11:44 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी