Friday 25th July 2025

सावधान ! दूधसँग भुलेरपनि यी खानुभएमा पुर्याउनेछ मृत्युकै मुख

6 years अगाडी

एजेन्सी । पौराणीक चलनबाटै आएको कुरापनि सुन्नुभएकै होला । बुढापाकाहरुले दूध पिएको बेला यस्ता कुरा खानु हुँदैन है भनेको । त्यो बेवास्ता गरेमा तपाई जो कोही पुग्नुहुनेछ मृत्युकै मुखमा । किनकी त्यही कुरा स्वास्थ्य विज्ञानलेपनि प्रमाणित गरेको छ ।

मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ ।नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पुर्याउँछ ।

सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानुहुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । दूध र दही एकै किसिमका दुग्धजन्य पदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नुहुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।

माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ । यो जीवन उपयोगी टिप्स आफुले पढिसकेपछि अरुका लागि सेयर गर्न नभुल्नुहोला ।

          June 1, 2019 11:48 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...