

ओलीसँगको एकता झन् सुदृढ हुन्छ : प्रचण्ड

१८ जेठ, विराटनगर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए ।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका कुरालाई स्मरण मात्र गरेको छु । ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने । बिल्कुल नयाँ विषय मैले बोलेकै छैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको र सो सहमति पालना हुने विश्वास व्यक्त गरेका थिए । अबको १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास
प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका बेला त्यहाँ पत्रकाहरुले पनि यसबारे जिज्ञासा राखेका थिए ।त्यसको जवाफमा ओलीले व्यंग्यात्मक शैलीले आफ्नो कार्यकाल चार-पाँच दिन मात्र बाँकी रहेको बताएका थिए ।
ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा शनिबार विराटनगरका पत्रकारहरुले प्रचण्डको प्रतिक्रिया मागे । जवाफमा प्रचण्डले भने, ‘प्रधानमन्त्री जीले कुरा राम्रोसँग बुझ्नु भएको छ । उहाँले अलिअलि प्रतिकात्मक रुपमा भन्नु भएको होला । बढी प्रचार भएको अर्थमा उहाँले भन्न खोज्नु भएको होला ।’
उनले यस विषयलाई अनावश्यक प्रचारबाजी नगर्न सबैलाई आह्वान गरे । प्रचण्डले भने, ‘मैले जे बोलें त्यो कुरा पहिल्यै बाहिर आइसकेको कुरा हो । नयाँ कुरा बोलेको होइन । कयौं किताबमा छापिएको छ, पत्रिकामा आइसकेको छ । हाम्रो बीचमा के समझदारी भएको छ भनेर मैले नौलो कुरा भनेको पनि होइन र यो पहिलो पटक भनेको पनि होइन । त्यसकारण यसलाई अतिरञ्जित ढंगले लैजान जरुरी छैन ।’
प्रचण्डले पार्टी एकताको बेला जे सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता जनाइएको थियो, त्यही लाइनमा अगाडि बढ्दै जाने बताए । प्रचण्डले अब पार्टी कमजोर नहुने बरु झन् सदृढ हुने दावीसमेत गरे । प्रचण्ड र ओलीका पछिल्ला अभिव्यक्तिले पार्टीमा दरार बढ्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘बढी प्रचारबाजी भएको देखेपछि पार्टी र नेतृत्व तहमा अझ बढी सदृृढ एकता बनेरै जान्छ ।’
भारतको विदेशमन्त्री एस जयशंकर बनेपछि दुई देशको सम्बन्धमा पर्न सक्ने प्रभावबारे पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । तर, प्रचण्डले विदेशमन्त्री जो बने पनि नेपाल-भारत सम्बन्धमा असर नपर्ने विश्वास व्यक्त गरे ।
‘नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले शिक्षा लिइसकेको छ । नेपालले पनि त्यसखालको परिस्थिति नदोहोरियोस् भने सतर्कता अपनाएको छ,’ प्रचण्डले भने, ‘त्यसकारण विदेशमन्त्री भारतको को हुन्छ भन्ने कुराले तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन ।’
June 1, 2019 12:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

