अमेरिकाको भर्जिनियामा गोली चल्यो, ११ जनाको मृत्यु
१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन । ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् ।
यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् ।अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ । गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।
June 1, 2019 12:18 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग