Monday 9th February 2026

कस्तो समयमा पिउनु हुँदैन उखुको रस ?

7 years अगाडी

गर्मीको मौसममा हाम्रो शरीरलाई तुरुन्त शितलता र स्फूर्ती प्रदान गर्न हामी उखुको रस पिउने गर्छौं । गर्मिको प्यास मेटाउने र शरीरलाई चिसो बनाउने भएकाले मानिसहरुले गर्मीको समयमा यसलाई बडी रुचाउने गर्छन् ।उखुको रसलाई गर्मिमा सेवन गर्नाले हाम्रो शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।हामीले जहिले पनि ताजा र छानिएको उखुको रस मात्र पिउनु पर्छ । औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्ने उखुको रस कहिले कहिँ हानिकारक पनि हुने गर्दछ ।

हरेक मानिसले उखुको रस खान उचित हुदैन । केही मानिसलाई उखुको रस खाँदा स्वास्थ्यमा झन् ठुलो समस्या देखा पर्न सक्छ । उखुको रसमा प्रशस्त ग्लुकोज, फ्रुकटोज जस्ता चिनीको मात्रा धेरै हुनाले मधुमेह तथा उक्त रक्तचाप भएका मानिसले यसको सेवन गर्नु हुदैन ।

यस्तो रोग लागेको बेलामा उखुको रस खानु भनेको बिष खानु सरह हुन्छ । उखुको रसमा बढी मात्रामा क्यालोयि र सुगर पाइने हुनाले तौल बढेको वा मोटोपनको समस्या छ भने उखुको रस नपिउनु नै वेश हुन्छ ।

दाँतमा किरा लगेर भएको दुखाईको समस्या, श्वासको समस्या भएका मानिसहरुले उखुको रस सेवन गर्नु हुँदैन् । पेटसँग सम्बन्धित कुनै पनि समस्या भईरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउदा झाडा पखाला लग्न सक्ने बताइन्छ ।

खोकी लागेको वा कफको समस्या भएको अवस्थामा उखुको रस सेवन गर्नु एकदम हानीकारक हुन्छ ।यस्तो अवस्थामा उखुको रस पिउँनाले हाम्रो शरीरमा कफको समस्या उत्पन्न भइ स्वास प्रस्वासमा गार्हो भइ मुटु रोग सम्बन्धि समस्या झनै बढेर जान्छ ।

          June 1, 2019 12:38 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...