

जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने

तेश्रो अधिवेशन १६ अगस्टमा !कुवेत, १ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए।
साथै सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको उपस्थितिमा तेश्रो अधिवेशन गर्ने निर्णय गरेको बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ। अहिले देशका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा नेपाली कांग्रेसको (हिमाल, पहाड, तराई–मधेश) राष्ट्रिय जागरण अभियान चलिरहेको छ।
June 1, 2019 4:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

