Friday 13th March 2026

जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने

7 years अगाडी

तेश्रो अधिवेशन १६ अगस्टमा !कुवेत, १ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए।

साथै सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको उपस्थितिमा तेश्रो अधिवेशन गर्ने निर्णय गरेको बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ। अहिले देशका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा नेपाली कांग्रेसको (हिमाल, पहाड, तराई–मधेश) राष्ट्रिय जागरण अभियान चलिरहेको छ।

          June 1, 2019 4:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...