सम्मान मधेश” साउदी परिवारद्वारा नगद आर्थिक सहयोग।
साउदी अरबमा कृयाशिल “सम्मान मधेश” द्धारा असाय परिवारलाई नगद ३० हजार रुपैयाँ सहयोग पुर्याएको छ । धनूषा ६ सबैला नगरपालिका गोबिन्दपुरकि फेकनी देवी यादवलाई “सम्मान मधेश”साउदि अरबका पदाधिकारीहरु उनको घरमै भेटि नगद हस्तान्तरण गरेका हुन् ।
रोजगारीका सिलसिलामा साउदी आइपुगेका उनका श्रीमानको अचानक बिमारी भइ उपचारका क्रममा मृत्यु भएको थियो । दुई छोरि र एक छोराका बाबुसमेत रहेका विसनुदेव यादवको दुखद निधन भएको र घरमा कुनै आयश्रोत समेत नभएकोले यादव परिवारलाई केहि आर्थिक सहयोग पुर्याउने सोच बनाएका हौ, समान मधेसका केन्द्रीय त्रिलोकी शाह ले भने । “सम्मान मधेश” का राजन मिस्रा,शम्भु चौधरी लगायतका पदाधिकारीहरुले सबैला न.पा.०३ का वडा अध्यक्ष संतोष शाह र स्थानीय राजकुमार यादव ज्यु को रोहवरमा आज नगद ३० हजार रुपैयाँ यादव परिवारलाई हस्तान्तरण गरिएको राजन मिस्राले बताए ।
June 2, 2019 2:57 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी