दर्शन सांगीतिक धमाका २०१९ को सम्पूर्ण तयारी पुरा, अतिथि कलाकार आउँदो बुधबार कुवेत आइपुग्ने ।
कुवेत – दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको ” दर्शन सांगीतिक धमाका २०१९ ” को सम्पूर्ण तयारी पुरा भईसकेको छ ।दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको सम्पूर्ण तयारी भईसकेको र अतिथि कलाकार बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने सँस्थाका संरक्षक बिबी मल्ल ठकुरीले बताए ।
सँस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।
अतिथि कलालाकर आउँदो बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने भयकोले कलाकारहरु लाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-सँस्थाका प्रतिनिधी , पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उक्त दिन र समयमा आइदिनहुनको लागी आयोजक समुहले अनुरोध गरेको छ ।
कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन