

दर्शन सांगीतिक धमाका २०१९ को सम्पूर्ण तयारी पुरा, अतिथि कलाकार आउँदो बुधबार कुवेत आइपुग्ने ।

कुवेत – दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको ” दर्शन सांगीतिक धमाका २०१९ ” को सम्पूर्ण तयारी पुरा भईसकेको छ ।दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको सम्पूर्ण तयारी भईसकेको र अतिथि कलाकार बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने सँस्थाका संरक्षक बिबी मल्ल ठकुरीले बताए ।
सँस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।
अतिथि कलालाकर आउँदो बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने भयकोले कलाकारहरु लाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-सँस्थाका प्रतिनिधी , पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उक्त दिन र समयमा आइदिनहुनको लागी आयोजक समुहले अनुरोध गरेको छ ।
कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

