नेयमारमाथि यौन शोषण गरेको आरोप
ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् ।नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी अहिले कोपा अमेरिका कपका लागि ब्राजिलको राष्ट्रिय टिमबाट प्रशिक्षण गरिरहेका छन् ।
प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् । नेयमारको इन्स्टाग्राम अनुसार उनी पेरिसमा भेटिएकी थिइन् । उनलाई १५ मे मा नेयमारले भेट्दा ती महिला नशामा रहेको पनि जनाइएको छ ।
नेयमारका बुवा नेयमार डस सान्तोषले शनिबार ब्राजिलको ब्याण्ड टीभीलाई दिएको अन्तर्वार्तामा यो फसाउने खेल मात्रै भएको बताएका छन् । अनुशासनात्मक कारबाहीका कारण अहिले २७ वर्षीय नेयमारबाट ब्राजिल टिमको कप्तानी खोसिएको छ । साथै उनी घाइते भएका करण नियमित प्रशिक्षण गर्न पनि अप्ठेरो भएको छ कोपा अमेरिका कप १५ जुनदेखि ७ जुलाईसम्म ब्राजिलमा हुँदैछ । ब्राजिल रहेको समूह ए मा बोलीविया, भेनजुएला र पेरु रहेका छन् ।
June 2, 2019 10:35 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप