नेयमारमाथि यौन शोषण गरेको आरोप
ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् ।नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी अहिले कोपा अमेरिका कपका लागि ब्राजिलको राष्ट्रिय टिमबाट प्रशिक्षण गरिरहेका छन् ।
प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् । नेयमारको इन्स्टाग्राम अनुसार उनी पेरिसमा भेटिएकी थिइन् । उनलाई १५ मे मा नेयमारले भेट्दा ती महिला नशामा रहेको पनि जनाइएको छ ।
नेयमारका बुवा नेयमार डस सान्तोषले शनिबार ब्राजिलको ब्याण्ड टीभीलाई दिएको अन्तर्वार्तामा यो फसाउने खेल मात्रै भएको बताएका छन् । अनुशासनात्मक कारबाहीका कारण अहिले २७ वर्षीय नेयमारबाट ब्राजिल टिमको कप्तानी खोसिएको छ । साथै उनी घाइते भएका करण नियमित प्रशिक्षण गर्न पनि अप्ठेरो भएको छ कोपा अमेरिका कप १५ जुनदेखि ७ जुलाईसम्म ब्राजिलमा हुँदैछ । ब्राजिल रहेको समूह ए मा बोलीविया, भेनजुएला र पेरु रहेका छन् ।
June 2, 2019 10:35 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी