

थाेरै अण्डा स्वास्थ्यका लागि फाइदाजनक, धेरै खाए के हुन्छ ?

अण्डा स्वास्थ्यका लागि फाइदाजनक छ । अण्डामा भिटामिन ए, बी, बि १२, डी, इ, के, फस्फोरस, सेलेनियम, भिटामिन तथा जिंकलगायत पोषक तत्व पाइन्छ ।विज्ञहरुका अनुसार एउटा अण्डामा यति धेरै पौष्टिक पदार्थ हुन्छ । जसले एउटा कोषलाई चल्लामा बदल्न सक्छ । अण्डामा मानिसलाई चाहिने सबै जसो पोषक तत्व पाइन्छ । क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वले भरेको अण्डाको सेवनले हाम्रो शरीरमा चाहिने दैनिक पौष्टिक तत्वको मात्रा पूर्याउन सहयोग गर्छ ।
अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यता रहे पनि यो साचो नभएको अध्ययनले प्रमाणित गरिसकेको छ । अण्डाले दुब्लालाई मोटाउन भन्दा पनि मोटोपनाबाट पीडित मानिसहरुलाई तौल घटाउन सहयोग पुग्छ । बिहानको ब्रेकफास्टमा अण्डा खानाले हामीलाई दिउँसो भोक कम लाग्छ जसले गर्दा थोरै खानाले पुग्ने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन तथा तौल नियन्त्रण गर्न सहयोग गर्छ ।
अण्डामा हुने तत्वले तनाब तथा डिप्रेशन घटाउनका साथै उक्त रक्तचाप, मुटुरोग, हृदयाघात लगायतका विभिन्न रोगको जोखिम कम गर्दछ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गरेर हाम्रो दिमाग तेजिलो बनाउन मद्दत गर्छ । दैनिक अण्डा खाने गरेमा रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई कम गर्छ । एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खान उपयुक्त हुन्छ । यो भन्दा बढी खाएमा हाम्रो शरीरमा दुई या तीन गुणा बढी प्रोटीनको उपभोग हुन्छ जसले मिर्गौलामा खराब असर गर्न सक्छ ।अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्टेरोल हुने कारणले खतरा देखिएको हो । दिनमा तीन भन्दा धेरैअण्डा खाँदा पनि त्यसले मुटुलाई हानि पुर्याउन सक्छ ।
June 2, 2019 10:48 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

