जंगलको काफल बेचेरै ७५ हजार रुपैयाँ कमाउने ‘काफलवाली’ सम्मानित
अर्घाखाँची – जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली अर्थात् गीता खत्री सम्मानित हुनुभएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल हुनु भएको हो ।
काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ । नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उहाँलाई सम्मान गर्नुभएको हो ।
स्नातक तहमा अध्ययन गरिरहनु भएकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो । गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
June 2, 2019 11:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत