विद्युत प्राधिकरणको कालोसूचीमा रहेको जनमैत्री हस्पिटलबाट ५२ लाख रुपैयाँ बक्यौता असुली
काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले बालाजुमा रहेकाे जनमैत्री हस्पिटलको विद्युत् बक्यौता असुल गरेको छ ।प्राधिकरणको बालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ बक्यौता असुल गरेको हो । महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन २०७३ को वैशाखमा काटेको थियो । प्राधिकरणले २०७३ को माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो । त्यतिबेला हस्पिटलको विद्युत महसुल वक्यौता ८३ लाख ७८ हजार रुपैयाँ थियो । २५ प्रतिशत जरिवानासहित वक्यौता एक करोड ५ लाख रुपैयाँ पुगेको थियो ।
बालाजु वितरण केन्द्र प्रमुख सुरज रेग्मीका अनुसार, हस्पिटलले अहिले वक्यौता आधा तिरेको छ भने बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाइएको छ । आधा वक्यौता तिरेको र बाँकी पनि तिर्न हस्पिटल तयार भएपछि विद्युत् लाइन छिट्टै जोडिने रेग्मीले जानकारी दिनुभयो ।बालाजु वितरण केन्द्रले चालु आर्थिक वर्षको वैशाखसम्ममा कालोसूचीमा रहेका ७६ ग्राहकबाट ६५ लाख ५४ हजार रुपैयाँ असुल गरेको छ । महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटेर एक करोड ६ लाख २५ हजार रुपैयाँ असुल गरिएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँले बिजुली चोरी गर्ने एक सय पाँच जनालाई कारबाही गरी १२ लाख ९६ हजार असुल गरिएको जानकारी दिनुभयो ।
केन्द्रका २६ हजार ग्राहकमध्ये करिब २९ प्रतिशतले अनलाइनमार्फत विद्युत महसुल तिर्ने गरेका छन् । केन्द्रले काठमाण्डौ महानगरपालिकाको वडा नम्बर-१६, तारकेश्वर तथा नागार्जुन नगरपालिका र धादिङको धुनीबेसी नगरपालिकाको छत्रेदेउरालीसम्म सेवा दिँदै आएको छ । केन्द्रले अस्तव्यस्त अवस्थामा रहेका विद्युतका तार र खम्बाहरु सुधार गर्ने, आवश्यक स्थानमा फेर्ने, ट्रान्सफर्मरहरु थप गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
June 2, 2019 2:24 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग