

साम्राज्ञी र पुष्पको रोमान्टिक अवतारमा ‘मारुनी’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् ।
राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ । टौवा क्रियशनले तयार पारेको पोष्टरमा साम्राज्ञी र पुष्पको प्रेम वुझ्न सकिन्छ ।चलचित्रको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । चलचित्रलाई संजय लामाले खिचेका हुन् ।
चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । चलचित्र ‘मारुनी’को बिषयमा निर्मात्री गौतम भन्छिन्–‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा चलचित्र बनाएका छौ । चलचित्रमा थुप्रै ट्विस्ट छन् । चलचित्रले दर्शकलाई छुन्छ ।’नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’लाई आफ्नो करिअरको महत्वकांक्षी चलचित्र भनेकी छिन् । उनले यस्तो भूमिका यसअगाडि आफूले नगरेको बताइन् ।
June 2, 2019 2:36 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

