साम्राज्ञी र पुष्पको रोमान्टिक अवतारमा ‘मारुनी’
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् ।
राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ । टौवा क्रियशनले तयार पारेको पोष्टरमा साम्राज्ञी र पुष्पको प्रेम वुझ्न सकिन्छ ।चलचित्रको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । चलचित्रलाई संजय लामाले खिचेका हुन् ।
चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । चलचित्र ‘मारुनी’को बिषयमा निर्मात्री गौतम भन्छिन्–‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा चलचित्र बनाएका छौ । चलचित्रमा थुप्रै ट्विस्ट छन् । चलचित्रले दर्शकलाई छुन्छ ।’नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’लाई आफ्नो करिअरको महत्वकांक्षी चलचित्र भनेकी छिन् । उनले यस्तो भूमिका यसअगाडि आफूले नगरेको बताइन् ।
June 2, 2019 2:36 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै