

काँचो, अमिलो आँप खान मिठो मात्रै हैन यस्ता सम्मका फाईदा पनि छन्

गर्मी महिनामा आँप खान सबैलाई मन पर्छ । आँपलाई फलको राजा पनि भन्ने गरिन्छ । पाकेको आँप खानुका फाईदा त हामी सबैलाई थाहा हुन सक्छ तर काँचो अमिलो आँप खानुका फाइदा कमैलाई थाहा हुन सक्छ ।
पाकेको आँपसँगै हल्का अमिलो काचोँ आँप खान पनि निकै मिठो हुन्छ । काँचो आँप नुनसँग खान अझ बढी मिठो हुन्छ । काँचो आप खान मिठो मात्रै हैन शरिरमा पनि निकै फाईदा गर्छ । काँचो आँपमा विटामिन- ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर हुन्छ जसले शरीरमा पोषक तत्वको कमी हुन दिँदैन ।
काँचो आँप खानुका फाइदा :
१. काँचो आँप खादाँ पेट सम्बन्धि समस्या निको हुन्छ ।
२. काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता ठीक बनाई राख्न मद्वत गर्दछ ।
३. काँचो आँपमा विटामिन-सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरिरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।
४. गर्मी महिनामा भोक नलाग्ने, अपच हुने समस्या हुन्छ यस्तो समयमा काँचो आपको अचार बनाएर खाना खाएमा फाईदा गर्छ ।
५. काँचो आँपमा फाइबर भरपूर मात्रामा हुन्छ जसले शरिरमा शरीर जमेर बसेको चिल्लोलाई घटाई तौल कम गर्न मद्वत गर्छ ।
June 4, 2019 10:38 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

