

पानामाविरुद्ध कोलम्बियाको प्रभावशाली जित
6 years अगाडी
Susma Dhakal

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया विजयी भएको छ । कोलम्बियाले पानामालाई ३–० गोल अन्तरले पराजित गर्यो ।कोलम्बियाको बोगटास्थित रंगशालामा भएको खेलमा घरेलु टिमको जितमा विलियन टेसिल्लो, लुइस मुरेल र रामाडेल फाल्काओले एक–एक गोल गरे ।
छैटौं मिनेटमा इड्विन कार्डोनाको फ्रिकिकलाई टेसिल्लोले हेड मार्फत गोल गरेका थिए । ३८औं मिनेटमा मुरियलले गोल गर्दै कोलम्बियाको अग्रता २–० मा लम्ब्याए । ४५औं मिनेटमा फाल्काओमाथि फल भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पायो ।
यो पेनाल्टीलाई फाल्काओले गोलमा परिणत गर्दै पहिलो हाफअघि नै कोलम्बियालाई ३–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा कोलम्बियाले सहज जित निकाल्यो ।
June 4, 2019 11:01 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै
Loading...

