Friday 15th August 2025

देश न्याय र समानतासहितको समृद्धिको दिशातर्फः प्रम ओली

6 years अगाडी

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिंदै उनले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न लागेको बताए ।

सरकार शताब्दीऔँसम्म विभेद र अन्याय सहेर बसेका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लीन रहेको सन्देशमा उल्लेख छ । विगतमा पाखा पारिएकाहरूलाई राज्यको मूलप्रवाहमा समाहित गराइरहेको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गर्नुभएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित समुदायका कम्तीमा एक–एक जना र स्थानीय तहको वडास्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रूपमा सुनिश्चित गरिएको बताइएको छ ।

          June 4, 2019 11:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...