

क्यान्सर र मिर्गौला रोगले आमाछोराको बिचल्ली, आर्थिक अभावमा उपचारबाट वञ्चित

राँझा। बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन्। आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन्।
तुलसा फोक्सोको क्यान्सरबाट पीडित छन् भने उनको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ। दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले बताइन्।
उनका अनुसार लामो समयसम्म बिरामी परेकी तुलसालाई गत असोजमा स्वास्थ्य जाँच गराउँदा क्यान्सर देखिएको हो। भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गौलाको समस्या देखिएको हो।
“सासु र देवरको उपचार गराउँदैमा सवै रकम सकियो”, बिमलाले भनिन्, “अहिले पाँच लाख ऋणमा छौँ ।” उनले विभिन्न सहयोगीका भरमा देवरको नियमित डायलसिस गराउँदै आएको बताइन्। अहिले हिरेन्द्रको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलसिस गरिँदै आएको छ।
क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ। “अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन”, बिमलाले भनिन्। उनले आर्थिक सहयोगका लागि विभिन्न निकाय तथा व्यक्तिलाई गुहार्दै आएकी छन्।
June 4, 2019 11:42 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

