कस्ताे अवस्थामा रक्तदान गर्न मिल्दैन ?
हामीले दिएको रगतबाट कसैले जीवन पाउँछ । रक्तदान जीवनदान भन्दै हामीले धेरै सुनेका पनि छौं । सबै मानिसहरु रक्तदान गर्न सक्ने हुदैनन् । हामीले कस्तो अवस्थामा रक्तदान गर्न सक्छौं भनेर जानकारी लिन जरुरी छ । रक्तदान गर्दैमा हामी कमजोर हुन्छौं भन्ने सोचलाई हामीले त्यागीदिनुपर्छ । हामीले रक्तदान गर्दा अन्य व्यक्तिको जीवन मात्र बच्दैन त्यसका साथै रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ ।हाम्रो शरीरबाट रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा शरीरको १२ देखि १४ प्रतिशत मात्र रगत जाने भएकाले रक्तदान गर्ने व्यक्तिलाई कुनै हानी गर्दैन् । तर, यसका लागि रक्तदान गर्ने व्यक्तिको तौल, उमेर, स्वास्थ्य अवस्थामा भर पर्ने हुन्छ ।
१८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएका मानिसहरुले रक्तदान गर्नु हुदैन् । एक पटक रक्तदान गरेपछि तीन महिना नहुञ्जेल फेरि रगत दिनु पनि हुँदैन । त्यस्तै, महिलाहरुमा महिनावारी भएमा, गर्भवती भएमा रक्तदान नगर्नु नै उचित ठानिन्छ । रक्तदान गर्ने व्यक्तिको तौल ४५ केजीभन्दा माथि हुनु पर्छ । बारम्बार रिङ्गटा लाग्ने , चक्कर हुने वा बेहोस हुने समस्या भएमा वा व्लड प्रेसर कम भएमा, उच्च रक्तचाप, मधुमेहजस्ता विभिन्न दीर्घकालीन रोग भएमा हामीले रगत दान गर्नु हुँदैन् ।
कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, टाइफाइड, जण्डिस, सामान्य ज्वरो,कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका को सरुवा रोगको संक्रमण भएमा, विभिन्न खालको ठुलो शल्यक्रिया गरेमा रक्तदान गर्नु हुदैन् ।यसका साथै हेभी एक्सरसाइज गर्नेलाई पनि एक्सरसाइज गरेको कम्तीमा १–२ घण्टासम्म र धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा सम्म रक्तदान नगर्न डाक्टरहरुले सल्लाह दिन्छन् । हामीले यस्तो अवस्थामा लापरवाही गरेर रक्तदान गरेमा आफ्नै शरीरलाई नोक्सान पुग्छ ।
June 4, 2019 12:45 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन