

तुम्लिङटारमा दुर्लभ सालक भेटियो

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको चिलाउनेमा दुर्लभ सालक भेटिएको छ । गाउँ छेउमा नै भेटिएको दुर्लभ सालकलाई मंगलबार जंगलमा नै पुनः छोडिएको छ । स्थानीय गाउले, जनप्रतिनिधि र डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीलगायतको रोहवरमा मुचुल्का उठाएर जंगलमा नै छोडिएको तुम्लिङटारका सालक संरक्षणसम्बन्धी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण तथा युवा जागरण समितिका सदस्य गणेश तामाङले बताउनुभयो । उहाँको अनुसार, यो सालक करिब डेढ केजीको रहेको र करिब ५/६ महिनाको मात्रै रहेको डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीले बताएका थिए ।
सालक सोमबार दिउँसो करिब १२ बजे तिर स्थानीय शंकर राईले घर छेउमा नै सालक देखेपछि समात्नुभएको थियो । घर नजिकै ठूलो सालघारीको जंगल रहेकाले आहाराको खोजी गर्दै बारीमा आएपछि स्थानीय राईले सालक समात्नुभएको थियो । दुर्लभ सालक भेटिएपछि हेर्नेहरुको भीड लागेको थियो । त्यसपछि स्थानीयहरुले डिभिजन वन कार्यालय खाँदबारीमा खबर गरेपछि बन कार्यालय कर्मचारीहरु त्यहाँ पुगेका थिए ।तुम्लिङटारमा रहेको मनकामना सामुदायिक वनमा केही वर्ष अगाडिदेखि सालक संरक्षण कार्यक्रम लागू भएको छ । यो कार्यक्रम लागूभएपछि मनकामना सामुदायिक वनमा सालकको संख्या धेरै नै बढेको स्थानीयहरुको अनुमान छ ।
बहुमूल्य र लोपोन्मुख सालकको खपडा महङगो मुल्यमा बिक्री हुने भएकाले चोरीसिकारी अत्यधिक हुने गर्दछ । सालकको संख्या लोप हुँदै गएकाले पछिल्लो समय वन कार्यालय अन्तर्गत संरक्षण गर्ने कार्यक्रम समेत लागू हुन थालेको छ । संखुवासभाको खाँदबारी नगरपालिका भित्रका तुम्लिङटार, रातमाटे, पिप्ले, सेकाहामा समेत पाइने गर्दछ । त्यसका साथै चैनपुर नगरपालिका अन्तर्गत खराङ, लोहाकोट लगायत ठाउहरुमा सालकहरु पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । वन ऐन अन्तर्गत सालकको चोरी सिकारी र सालकको पखडा बेचबिखन गर्नेलाई दुई वर्ष कैददेखि २५ हजार रुपैयाँ र त्योमाथि कसुर अनुसार कारबाही र जरिवाना गर्ने नियम रहेको छ ।
June 4, 2019 2:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

