नायक निखिल उप्रेतीको घरमा पटकपटक करोडको लुटपाट, संगै गोलि प्रहार (हेर्नुहोस् भिडियो)
काठमाडौं — नायक निखिल उप्रेती अहिले पनि उत्तिकै व्यस्त छन् । ‘अब त्यति धेरै फिल्म खेल्ने चाहना छैन,’ उनले भने, ‘वर्षमा एक/दुई फिल्म आफैं बनाउँछु ।’ उनी सानैदेखि मार्सल आर्ट रुचाउँथे । ज्याकी च्याङ र ब्रुस्लीका फयान । फिल्ममा ज्याकी र ब्रुस्ली पनि दुब्लै देखिन्थे । त्यसपछि उनी मार्सल आर्टतिरै तानिए । ‘बिस्तारै राम्रै जिम्न्यास्टिक गर्न थालेँ,’ उनले भने, ‘मेरो जिम्न्यास्टिक हेरेर साथीहरूले फिल्ममा लाग्न सुझाव दिन्थे ।’
२०४९ तिर फिल्म सम्बन्धी अध्ययन गर्न उनी मुम्बई हान्निए । प्राइभेट इन्स्टिच्युटबाट ग्रयाजुएसन गरे । उनीसँगै रोहित शेट्टी र रानी मुखर्जी पनि पढ्थे । दुवै उनका साथी थिए । ‘छुट्टी हुँदा समुद्र किनारमा घुम्न गइन्थ्यो,’ उनले सम्झिए, ‘त्यो बेला समुद्र किनारमा जिम्न्यास्टिक किक देखाउने गर्थें । साथीहरू मलाई पनि सिकाइदे भन्थे ।’
आफू पढिरहेकै इन्स्टिच्युटले पनि विद्यार्थीहरूलाई तालिम दिन आग्रह गर्यो । तेक्वान्दो र उसुका यी खेलाडी यसपछि प्रशिक्षक पनि बने । ‘यसले मलाई जीवन धान्न सजिलो भयो,’ उनले पुराना दिन सम्झे, ‘त्यसपछि असिस्टेन्टको काम सुरु गरें ।’
“निखिल उप्रेति”को जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द ऊप्रेति र भोजकुमारि उप्रेति का कोख बाट भएको हो। उनले सानै छदा करातेमा ब्ल्याक बेल्ट हासिल गरि सकेका थिए। काठमान्डौमा पढ्दा पढ्दै उनि आफ्नो कलाकार बन्ने इछ्छा पुरा गर्न भारतको सिनेनगरि मुम्बई तिर लागे। Exclusive: नायक निखिल उप्रेतीको घरमा पटकपटक करोडको लुटपाट, संगै गोलि प्रहार….हेर्नुहोस् भिडियो
June 4, 2019 4:05 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की