बंगलादेश भर्सेस न्यूजिल्याण्ड : लगातारको जित नै मुख्य लक्ष्य
आईसीसी एकदिवशीय विश्वकप क्रिकेटमा बुधबार बंगलादेश र न्यूजिल्याण्ड आमने सामने हुँदैछन् । लण्डनमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । क्राइस्टचर्चमा भएको आतंकबादी हमलापछि न्यूजिल्याण्ड र बंगलादेश पहिलोपल्ट आमने सामने हुनेछन् । त्यस आक्रमणमा भाग्यले बाँचेका बंगलदेशी क्रिकेटरसँगको खेल न्यूजिल्याण्डका खेलाडीका लागि भावनात्मक पनि हुनेछ ।
विश्वकपमा विजयी सुरुवात गरेका दुवै टोलीका लागि लगातारको जित नै मुख्य लक्ष्य हुनेछ । दुवै टोली शानदार लयमा छन् र यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । कोलिन मुनरो र मार्टिन गुप्टिल दुवैले अर्धशतकीय पारी खेलेपछि श्रीलंकाबिरुद्धको पहिलो खेल न्युजिल्याण्डले १० विकेटले जितेको थियो । श्रीलंकालाई १ सय ३६ रनमै समेट्न म्याट हेनरी र लुकी फर्गुसनले शानदार बलिङ गरेका थिए ।
दक्षिण अफ्रिकाबिरुद्ध बंगलादेशका शकिव अल हसन र मुसफिकर रहिमको उत्कृष्ट पारी नै जितको आधार बनेको थियो । ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३ सय ९ रनमै समेटिएको थियो । न्यूजिल्याण्ड र बंगलादेशको एउटा संयोग के हो भने दुवै टोली अहिलेसम्म विश्वकप जित्न प्रयासरत छन् ।
June 5, 2019 12:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी