Wednesday 13th August 2025

पश्चिमी वायुको प्रभाव : आजबाट ३ दिन मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

6 years अगाडी

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बुधबार देशभर मेघ गर्जन र हावाहुरीसहित आंशिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिम बंगालको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको विभागले जनाएको छ। वर्षासँगै पछिल्ला दिनमा तापक्रम पनि घटेको छ। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियसमा मापन गरिएको थियो ।

          June 5, 2019 1:02 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...