

‘भारत’ सलमान खानको ‘लाइफलाइन’

बलिउड अभिनेता सलमान खान र कट्रिना कैफ अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज भइसकेको छ । निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्रलाई हिन्दी भाषाका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज गरिएको छ । सलमान खानको मुख्य भूमिका रहेको चलचित्रमा कट्रिना कैफ र दिशा पाटनीको पनि महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रमा अभिनेता ज्याकी श्राफले सलमान खानका पिताको भूमिकामा देखिएका छन् । त्यस्तै हास्य कलाकार सुनील ग्रोवर पनि मुख्य भूमिकामा देखिएका छन् ।
इदको अवसरमा रिलिज गरिएको सलमान खानको चलचित्र ‘भारतीय’ बक्स अफिसमा सुपरहिट हुने दाबी धेरैले गरिरहेका छन् । सलमान खानका फ्यानहरु बुधबार बिहानैदेखि ‘भारत’ चलचित्र हेर्न हलसम्म पुगिसकेका थिए । साथै सामाजिक सञ्जालमा पनि फिल्मको प्रतिक्रिया पनि आइरहेका छन् । भारतीय चर्चित चलचित्र समीक्षक तरण आदर्शले ‘भारत’ लाई पाँचमध्ये चार स्टार दिँदै चलचित्र निकै शानदार भएको बताइसकेका छन् । साथै उनले यो फिल्मलाई सलमान खानको ‘लाइफलाइन’ भनेका छन् । ‘यो फिल्म एक व्यक्तिको भावुक यात्रा हो, जसले तपाईँको मनलाई जित्नेछ,’ उनले भनेका छन् ।
यस्तै बलिउड हंगामाले फिल्म भारत लाई पाँचमध्ये ४.५ स्टार दिँदै सलमान खानको यो फिल्म ‘सुपर इन्टरटेनर’ रहेको बताउँदै सलमान खानको तारिफ गरेको छ ।सामाजिक सञ्जालमा दर्शकहरुले समेत फिल्म ‘भारत’ को निकै चर्चा गरिरहेका छन् । धेरैले सलमान खान, कट्रिना कैफ, सुनील ग्रोवरको अभिनयको तारिफ गरिरहेका छन् । साथै निर्देशक अली अब्बास जफरले एक उत्कृष्ट फिल्म निर्माण गरेको भन्दै उनको कामको पनि सराहना भैरहेको छ । यसले गर्दा पनि सलमान खानको यो चलचित्रले बलिउड फिल्म उद्योगमा नयाँ कीर्तिमान राख्ने अनुमान गर्न सकिन्छ । त्यस्तै चलचित्र ‘भारत’ वर्ष २०१९ को सबैभन्दा ठूलो ‘ओपनर’ बन्ने पनि चर्चा भैरहेको छ ।
चलचित्र ‘भारत’ मा सन् १९४७ देखि २०१० सम्मको कहानी देखाइएको छ । यो चलचित्रमा सलमान खान पाँच भिन्न-भिन्न भूमिकामा देखिएका छन् । साथै उनले यो चलचित्रमा एक बूढो व्यक्तिको भूमिका पनि निर्वाह गरेका छन् । इदको अवसर पारेर रिलिज गरिएका सलमान खान अभिनित यस अघिका चलचित्रहरुले समेत कीर्तिमान कायम गरेका थिए । सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले इदकै दिन ४०.३ करोड भारु, यसैगरी फिल्म ‘सुल्तानले ३४.१ करोड भारु, एक था टाइगरले ३२.९२ करोड भारु र रेस ३ ले २९.१ करोड भारतीय रुपैयाँ कमाएको थियो ।
June 6, 2019 11:29 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

